गुगलले दुरुपयोग गरेको इयुको आरोप
              
            
बैशाख ३, एजेन्सी ।
युरोपेली संघ, ईयूले, इन्टरनेट कम्पनी गुगललाई इन्टरनेटमा सूचना खोज्ने सुविधाको दुरुपयोग गरेको अभियोग लगाएको छ ।
गुगलले वस्तु तथा सेवाहरु दांजेर किनमेल गर्न सकिने आफैले संचालन गरेको सेवालाई त्यस्तै सेवा प्रदान गर्ने अन्य कम्पनीहरुको दांजोमा निष्पक्ष व्यवहार नगरेको इयुकी प्रतिस्पर्धा आयुक्त मार्गरेट भेस्टागेरलाई उदृत गर्दै विविसिले जनाएको छ । इयुले सो अभियोगप्रति प्रतिक्रिया जनाउन गुगललाई दश हप्ताको समय दिएको समाचारमा जनाइएको छ ।
इयु प्रतिनिधिहरुलाई चित्तबुझ्दो जवाफ दिन नसकेमा गुगलले अर्बाैँ डलर जरिवाना तिर्नुपर्ने हुन्छ । इन्टरनेट खोजी सेवा प्रयोगकर्ताहरुले सबभन्दा माथि आफूले खोजेको किनमेलका विकल्पहरु मध्ये सबैभन्दा उत्तम नतिजाहरु पाउनु पर्छ, गुगलको मात्रै होइन गुगलमाथिको आरोप युरोपका पचास करोड जनताको हितको रक्षा गर्न त्यस्तो कदम चालेको इयुले बताएको छ ।