Live Streaming

शिवरूद्र कर्माचार्यद्वारा निर्मित यन्त्र सार्वजनिक

काठमाडौँ । शिवरूद्र कर्माचार्यले आफुद्वारा निर्मित 'लाख बत्ती दाहसंस्कार यन्त्र' सार्वजनिकिकरण गर्नुभएको छ । मंगलबार निजि निवासमा उहाँले आफुद्वारा निर्माण यन्त्रको प्रस्तुतिकरण गर्नुभएको हो । 

वातावरण मैत्री हावाको माध्यमबाट चल्ने यन्त्रको प्रस्तुतिकरणमा किर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोल, काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा ७ का वडाअध्यक्ष विमल कुमार होडा, काठमाडौँ क्षेत्र ४ का सभापति श्याम कृष्ण संगत, कामपा ८ का स्थानीय दिलिप बैद्य लगायत स्थानीय ब्यक्तित्व, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत विभिन्न क्षेत्रका ब्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 

स‍ो मेसिन बारे जानकारी दिनुहुदैँ शिव रूद्र कर्माचार्यले, " सुरूवातमा आफुले आगो सल्काउनु पर्ने र त्यसपछि आफैं आगो सल्कदै जाने बताउनुभयो ।"

उहाँले, तावरणमैत्री र हावाको डिरेक्सनअनुसार यसले काम गर्ने हुदाँ वातावरण प्रदुषणमा कमी आउनुका सधैं, धुवाँ रहित ग्यास गन्ध रहित मिसिन आफुले निर्माण गरेको उहाँले बताउनुभयो । 

त्यस्तै, मेसिनमा हावाको डिरेक्सनलाई कन्ट्रोल गर्न सकिने तथा आवश्यकता अनुरूप गति नियन्त्रण गर्न सकिने कर्माचार्यले बताउनुभयो । त्यस्तै, हाल नेपालमा रहेका विद्युतिय शवदाह गृहहरूभन्दा यो एकदमै उपयुक्त रहेको र खर्च धेरै नआउने, समयको बचत हुने, आफ्नो रितिरिवाज अनुरूप दाह संस्कार गर्न मिल्ने गरि आफुले यसको निर्माण गरेको बताउनुभयो । 

मेसिनले  करिब ४५ मिनेट भित्र दाह संस्कार अर्थात जलाउने र यसले ६०० डिग्री टेक्प्रेचर उत्पादन गर्न सकिने बताउनुभयो । यस यन्त्रले शवलाई मात्र नभएर फोहोरमैला नष्ट गर्न पनि एकदमै उपयुक्त हुने कर्माचार्यले बताउनुभयो । 

हालको प्रदुषणयुक्त वतावरणमा यस मेसिनले उपयुक्त काम गर्ने उहाँको भनाई रहेको छ । त्यस्तै, उक्त कारखानाले यस खाले मेेसिनको परिक्षण समेत गरिसकेकोले यसले सफलता पाउने उहाँले बताउनुभयो । हाल आविष्कार केन्द्रले आफुहरू सँग १० वटाको माग गरेको र यही अनुसार आवश्यक उपकरणहरू जडान गरेर अगाडि बढ्ने कर्माचार्यले बताउनुभयो । 

त्यस्तो, स्थलगत परिक्षणमा आउनुभएका किर्तिपुर नगरपालिकाका मेयर कृष्ण मान डंगोलले, "वातावरण मैत्री प्रदुषण रहित  र छोटो समयमा नै यसले आफ्नो गति अनुरूप आवश्यक बस्तुलाई आफ्नो नियन्त्रणमा लिएर नष्ट गर्ने हुदाँ यसले महत्त्वपूर्ण काम गर्नेमा आफुु ढुक्क रहेको बताउनुभयो ।" 

उहाँले, फलाम र फ्यानबाट चल्ने हुदाँ बत्तीको मात्रा धेरै नलिने र वातावरणमैत्री रहेकोले यसको समुपयोग सहित नगरपालिकामा पनि यस्को सदुपयोग गर्न सकिन्छ कि भन्ने हेतुले निरिक्षणमा आएको बताउनुभयो  । 

त्यस्तै, कामपा ८ का वडाअध्यक्ष आशामान संगतले, "वातावरणमैत्री रूपमा यसको प्रयोग हालको शवदाह गृहमा पनि गर्न सकिने बताउनुभयो ।" उहाँले, बत्तीको मात्रा कम लाग्ने र थोरै समयमा नै नषणट गर्ने भएकाले यसको प्रभाकारिता अनुकुल प्रयोगमा ल्याउन सकिने बताउनुभयो ।

त्यस्तै, सहभागीहरूले सार्वजनिक रूपमा यसको प्रयोग गर्न आवश्यक रहेको धारण ब्यक्त गर्नुभयो । फलामबाट फलामबाट निर्माण हुने हुदाँ यसको बजार मुल्य सम्त कम पर्ने आकलन गरिएको छ । सार्वजनिक स्थलमा यसको प्रयोग गरिनुले वातावरणमा प्रदुषण कम हुने र गन्ध रहित भएकाले यस्को प्रयोग अगाडि बढाउन आवश्यक रहेको छ ।