Live Streaming

मोर्चा संकटमा पर्नु एमाओवादीकै दोष–अशोक राई

काठमाडौ, १० बैशाख ।  
संघिय समाजबादी पार्टिका अध्यक्ष अशोक राईले एकिकृत माओबादी भित्रको दुई धारका कारण सविधान निमार्ण प्रक्रिया अन्यौलमा परेको आरोप लगाउनुभएको छ ।
रेडियो अन्नपूर्ण नेपालको  नियमीत विहानी कार्यक्रम अन्नपुर्ण फ्रन्टलाईनमा आज कुरा गर्दै उहाँले एकिकृत माओबादी नेताहरुको फरक अभिव्यक्तिले सविधान निमार्णमा उसको धारण स्पष्ट हुन नसकेको बताउनुभयो । 

प्रमुख दलहरुको गत सोमबार भएको वैठकमा कुनै सहमति नभएको एकिकृत माओबादी अध्यक्षले आफुलाई जानकारी गराएको बताउदै अध्यक्ष राईले नारणकाजी श्रेष्ठको अभिव्यक्तिले भ्रम सिर्जना गरेको दावी गर्नुभयो । एकिकृत माओबादीले सहमति बारे स्पष्ट पार्न नसके सहकार्य टुट्ने बताउदै उहाँले आज बस्ने मोर्चा वैठकमा एकिकृत माओबादीको धरणा बुझने बताउनुभयो ।