प्रधानसेनापति पाकिस्तान जादै

काठमाडौं, १२ बैशाख ।
प्रधानसेनापति गौरव शम्सेर जवरा आज पाकिस्तानको साताव्यापी भ्रमणमा निस्कदै हुनुहुन्छ । आफ्ना पाकिस्तानी समकक्षी साहिल सरिफको निमन्त्रणा स्वीकार गर्दै जान लाग्नु भएका राणाले पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन, रक्षा सचिव मुहम्मद अलामसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
प्रधानसेनापतिको पाकिस्तान भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुनका साथै दुई देशका सेनाबीचको सहकार्यले पारस्परिक सम्बन्ध विस्तारमा योगदान पुग्ने विश्वास नेपाली सेनाले गरेको छ । प्रधानसेनापतिको यो भ्रमण एक दशकपछि हुन लागेको हो । पाकिस्तानी प्रधानसेनापतिबाट हालसम्म नेपाल भ्रमण भएको छैन ।