Live Streaming

आज बजेट आउने

काठमाडौं,२९ असार । सरकारले आगामी आर्थिक वर्षको बजेट व्यस्थापिका संसदमा आज प्रस्तुत गर्दैछ । चालू आर्थिक वर्ष सकिन २ दिनमात्र बाँकी रहे पनि सरकारले आर्थिक वर्ष २०७२–०७३ को बजेट ल्याउन लागेको हो । अपरान्ह ४ बजे बस्ने संसद बैठकमा अर्थमन्त्री रामशरण महतले बजेट सार्वजनीक गर्नुहुनेछ । सरकारले भुकम्पपछिको पुननिर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै करिब ८ खर्ब २५ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनीक गर्न लागेको छ । चार खर्ब ७८ अर्ब रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य सरकारको छ भने आन्तरिक ऋण तर्फ ८५ अर्ब उठाउने छ । बैदेशिक अनुदान तथा ऋणबाट दुई खर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य सरकारको छ । भ्याटमा थ्रेसहोल्डमा अहिले कायम २० लाख रुपैयाँको सीमा बढ्नेछ भने  चुरोट, मदिरा लगायत बिलासिताका सामानको करमा बृद्धि हुनेछ । 

६ प्रतिशतको आर्थिक वृद्धिदर हांसिल गर्ने लक्ष्य सहित सार्वजनीक हुन लागेको बजेटमा सरकारले पुननिर्माणका लागि करिब ९० अर्ब रुपैया विनियोजन गर्ने भएको छ । वार्षिक नीति तथा कार्यक्रममा झै सरकारले स्थानिय निकायको निर्वाचनलाई समेत बजेटमा प्राथमिकता दिंदै रकम विनियोजन गर्ने भएको छ । वृद्धभत्तामा सतप्रतिशत वृद्धि गर्दै सरकारले एक हजार रुपैया पु¥याउने भएको छ । सभासद्हरुको मागलाई सम्बोधन गर्दै सरकारले हरेक निर्वाचन क्षेत्र बिकास कार्यक्रमको रकममा बृद्धि गर्दै एक करोड ५० लाख रुपैया पु¥याउने भएको छ ।   भुकम्पपीडितको पहिचान गरी सरकारले ब्यवसाय सञ्चालनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनेछ । 

भौतिक पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण, भुकम्पपछि सुस्ताएको पर्यटन ब्यवसाय प्रवद्र्धन लगायतमा समेत सरकारले राम्रै बजेट विनियोजन गर्ने भएको छ । संविधान निर्माण र शान्ति प्रक्रिया लगायतलाई समेत समेट्दै सरकारले काठमाडौं–तराई फाष्ट ट्रयाक, निजगढ अन्तराष्ट्रिय बिमानस्थल, पोखरा र भैरहवा क्षेत्रीय बिमानस्थल लगायत राष्ट्रिय गौरबका योजनाहरुलाई समेत अगाडि बढाउने भएको छ ।