पाकिस्तानमा भुकम्प, ३ जनाको मृत्यु

एजेन्सी,१० साउन । पाकिस्तानमा भुकम्प जाँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ । स्थानिय समय अनुसार बिहान २ बजे गएको ५ दशमलब ५ रेक्टर स्केलको भुकम्पमा परि अन्य दर्जनौ घाइते भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
भुकम्पका कारण राजधानी ईस्लामाबादमा सयौ भवन भत्किएका छन् । ती भवनहरुमा अन्य केही पुरिएको समाचारमा जनाइएको छ । भुकम्पको केन्द्र राजधानी ईस्लामाबाददेखि २३ किलोमिटर उत्तर मार्गाला पर्वत आसपास रहेको थियो । यसअघि शुक्रबार पनि पाकिस्तानमा ५ दशमलब १ रेक्टर स्केलको भुकम्प गएको थियो ।