ताईवानमा समुद्री आँंधीमा परी ४ जनाको मृत्यु

एजेन्सी,२४ साउन । ताईबानमा तीव्र्र हावासंँगै आएको समुद्री आँधीका कारण त्यहाँंको जनजीवन अस्तव्यस्त बनेको छ । आँंधीका कारण ४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । २ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको तीव्र हावाका कारण पूर्वी तटिय क्षेत्रमा भुस्खलन समेत भएको छ ।
समुद्रिक आँंधीको असर ताइवानको पश्चिमी जिल्लाहरुमा समेत परेको थियो । आँधीका कारण हवाई उडान, रेल तथा यतायत सेवा ठप्प भएका छन् । अधिकांश स्थानमा बिजुलीका पोल ढलेकाले विद्युुत सेवा समेत अवरुद्ध भएको छ । पूर्वी समुद्री तटका २० लाख मानिस जोखिममा रहेको अधिकारीहरुले बताएका छन् ।