नागदहमा दर्शनार्थीको भीड
 
              
            
ललितपुर,२ भाद्र ललितपुरको धापाखेलस्थित नागदहमा आज बिहानदेखि नै दर्शनार्थीको ठूलो भीड लागेको छ। नागपञ्चमीका दिन नागदहमा काली नागको पूजा गर्न स्थानीय धापाखेल, सुनाकोठी, हरिसिद्धि, ठेचो, चापागाउँ, झरुवारशीलगायत उपत्यकाभित्रका विभिन्न ठाउँबाट ठूलो सङ्ख्यामा दर्शनार्थीको भीड बर्षेनि लाग्ने गरिएको छ।
खेतीपातीमा कृषकका लागि रोपाइँमा आवश्यक पर्ने पानी ल्याएर सहयोग गरिदिने नागको सम्झनास्वरुप आजको दिन नागको पूजा गर्ने परम्परा चल्दै आएको विश्वास गरिन्छ। लगनखेलबाट पाँच किलोमिटरको दूरी दक्षिणी भेगमा पर्ने करिब २५ रोपनी क्षेत्रमा फैलिएको उक्त दहमा काली नाग भएको जनविश्वास रहेको स्थानीयवासी उद्धव बस्नेतले बताए। रासस
 
                 
                       
                       
                      