कैलीलीका सिडियो फेरिए
 
              
            अन्नपूर्ण

काठमाडौं,८ भदौं । गृहमन्त्रालयले सोमबार टिकापुरमा भएको घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ। क्षेत्रीय प्रशासन कार्यलय हेटौडामा रहेका मोहन चापागाईलाई कैलालीको प्रजिअको रुपमा खटाइएको छ। उनले मंगलबारदेखि नै जिम्मेवारी समाल्दैछन्। कैलालीको सुरक्षा व्यवस्थापनलाई अझ् प्रभावकारी बनाउन नयाँ सिडियो पठाइएको हो। कैलालीका प्रजिअ राजकुमार श्रेष्ठलाई मन्त्रालयमा तानिएको छ। चापागाई पहिले सर्लाहीमा सिडिओ थिए।
 
                 
                       
                       
                      