नेपालको हिंसामा राष्ट्रसंघको चासो
 
              
            काठमाडौं,९ भदौ । संयुक्त राष्ट्रसंघले नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक हिंसाका घटनाप्रति गम्भिर चासो व्यक्त गर्दै फरक मत राख्नेहरुको सम्मान गर्न र आन्दोलनहरुको शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेको छ । राष्ट्रसंघीय मानवअधिकार उच्चायोगका प्रवक्ता रुपर्ट कोल्विलले जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै त्यस्तो आग्रह गर्नुभएको हो ।
सबै पक्षले आफ्नो तौरतरिका परिवर्तन नगरे आगामी दिनमा राजनीतिक प्रदर्शन र हिंसात्मक घटना बढ्दै जाने स्पष्ट जोखिम रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । संविधान निर्माणका क्रममा अल्पसंख्यक तथा असन्तुष्ट समूहहरुको भावनाको सम्मान गर्ने वातावरण बनाउन सरकारलाई आह्वान गर्दै उहाँले सुरक्षा निकायले पनि अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही अन्तिम अस्त्रका रुपमा मात्रै बल प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
 
                 
                       
                       
                      