चट्याङ पर्दा पचास बाख्रा परे
 
              
            जाजरकोट, १० भदौ । जाजरकोटको कोर्टाङ गाविस–६ मा कालीबहादुर बस्नेतको गोठमा गएराति ८ बजे चट्याङ पर्दा ५० वटा बाख्रा मरेका छन् । चट्याङबाट घरधनी कालीबहादुर गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । उक्त ठाउँ सदरमुकाम खलङ्गाबाट तीन दिनको पैदल दूरी रहेको छ । रासस
 
                 
                       
                       
                      