कर्फ्यूका बेला अस्पतालभित्रै गोली चल्यो
 
              
            क्रान्ति शाह
बीरगञ्ज, १५ भदौ । अनिश्चितकालीन कर्फ्यू लागु गरिएको वीरगञ्जको नारायणी अस्पताल परिसरभित्रै गोली चलेको छ। तीनजना घाइते भएका छन्। वीरगञ्जस्थित कर कार्यालयमा आगजनी गरेर भाग्दै गरेको अनियन्त्रित जुलुस अस्पतालभित्र छिरेपछि प्रहरीले गोली चलाएको थियो।
घाइते हुनेमा प्रहरी जवान नरेन्द्र चौधरी पनि छन्। त्यसैगरी विनोद महतो र आइत बरिया देवीको पनि खुट्टामा गोली लागेको छ। प्रहरीले घट्नाबारे विस्तृत विवरण दिएको छैन। अहिले अस्पताल र आसपासको क्षेत्र तनावग्रस्त छ। सर्वसाधरण आतंकित छन्।
 
                 
                       
                       
                      