यातायात व्यवसायी भाडा नघटाउने
 
              
            
काठमाडौं,२२ भदौ । सार्वजनिक यातायातको भाडा घटाउन यातायात व्यवस्था विभागमा सोमबार बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ। डिजेलको मूल्य घटेअनुसार हिसाव गर्दा काठमाडौंका छोटो रुटमा ५० पैसाभन्दा कम मात्रै भाडा घट्ने भन्दै यातायात व्यवसायीले भाडा घटाउन नमान्दा बैठक बिना निष्कर्ष टुंगिएको हो।
बैठकमा सरकारी कर्मचारी, व्यवसायी र उपभोक्ता अधिकारकर्मी सहभागी थिए। विभागका प्रवक्ता बसन्त अधिकारीले बैठक बुधबार फेरि बस्ने जानकारी दिए।यसअघि आइतबार सरकारले डिजेल र मटीतेलको मूल्य घटाएर भाडा घटाउने योजना बनाएको थियो।
 
                 
                       
                       
                      