बन्दको मारले उद्योग धन्दा ठप्प
 
              
            काठमाडौं,२५ भदौ । संघीय प्रदेशको सिमाकंनको विषयलाई लिएर तराई÷मधेसमा एकमहिना यता भइरहेको बन्द हड्ताल र आन्दोलनले उद्योगधन्दा ठप्प हुँदा दैनिक २ अर्ब १८ करोड रुपैया नोक्सानी ब्यहोर्नुपरेको उद्योगीहरुले बताएका छन् । राजनीतिक आन्दोलनका कारण बन्द भएका प्रमुख औद्योगिक क्षेत्रहरुका उद्योग धन्दा सञ्चालन गर्ने प्रयास नहुँदा व्यवसायी निकै मारमा परेका छन । धेरै उद्योग धन्दा भएका वीरगञ्ज, विराटनगर, सुनसरी, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी सहित तराइका सबै उद्योग धन्दा बन्द रहेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले जानकारी दिनुभयो ।
रेडियो अन्नपूर्ण नेपालको नियमित बिहानी कार्यक्रम फ्रन्टलाइनमा कुरा गर्दै उहाँले यो एकमहिने बन्दले पु¥याएको क्षती उपर गरेर उद्योगधन्दा पहिलेकै अवस्थामा फर्कन अब पाँच बर्ष लाग्ने समेत बताउनुभयो । एकमहिने बन्दमा अहिलेसम्म ६० अर्ब रुपैया भन्दा बढि घाटा बेहार्नुपरेको उहाँको भनाइ छ । भूकम्प पछि तग्रिंदै गएको अर्थतन्त्र फेरि तहस नहस भएको भन्दै बन्दले भुकम्पले पु¥याएको भन्दा ठूलो असर पुगेको उपाध्यक्ष प्रधानले बताउनुभयो । उहाका अनुसार, लगातारको बन्दले आयातित सामान अन्तराष्ट्रिय नाकामा रोकिँदा तिर्नुपर्ने विलम्ब शुल्क निकै माथि पुगेको छ ।
करोडौंको औद्योगिक कच्चा पदार्थ नष्ट भएका छन् भने आन्तरिक उत्पादन बजारमा प¥याउन नपाउँदाको क्षति पनि बढिरहेको छ । पर्यटन उद्योग ठप्प हुँदा अन्तराष्ट्रिय जगतमा मुलुकको छवि समेत धमिलिएको महासंघ उपाध्यक्ष प्रधानको भनाइ छ । जनताको बाँच्न पाउने अधिकारको ग्यारेन्टी तथा उद्योग, व्यवसाय गर्ने वातावरण बनाइदिन निजी क्षेत्रले सबै राजनीतिक दललाई बारम्बार गरेको आग्रह बेवास्ता हुंँदा अर्थतन्त्रनै जटिल संकटमा फस्ने अवस्था आएकोतर्फ निजी क्षेत्र अत्यन्त चिन्तित रहेको उपाध्यक्ष प्रधानले बताउनुभयो
 
                 
                       
                       
                      