मछिन्द्र नाथको रथलाई पुल्चोक लगिने
 
              
            
            
                काठमाडौं,५ असोज । वर्षा र सहकालका देबताको रुपमा मनाइने रातो मछिन्द्र नाथको रथलाई आज छ्यासिकोटबाट पुल्चोक लगिने भएको छ । भुकम्पका कारण १ महिना स्थगित भएको सो रथलाई आवश्यक मर्मत पछि हिजोबाट रथारोहण सुरु गरिएको थियो । यो वर्ष रातो मछिन्द्रनाथको बाह्र वर्षे जात्रा समेत परेकाले जाबलाखेल र बुङमती दुवैतर्फ भोटो देखाउने कार्यक्रम रहेको छ । 
                
              
             
            
            
             
                 
                       
                       
                      