नाकाबन्दी खुलाउन मन्त्री थापा भारतमा
 
              
            .jpg)
काठमाडौं,१२ असोज । भारतले नेपालमा जारी भएको संविधानप्रति असन्तुष्टी जनाउँदै प्रमुख सिमा नाकाहरुमा अघोषित नाकाबन्दी गरेको आज पाचौं दिन हो । भारतले गरेको कडाइका कारण इन्धन, खाद्यवस्तु बोकेका हजारौं ट्रक, ट्याङ्कर नेपाल आउन नपाई सिमापारी नै रोकिएका छन् ।
भारतको अघोषित नाकावन्दी खुलाउन सरकारले खास पहल नगरेको भनि आलोचना बढ्दै जांदा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा साउथ एशिया इकोनोमिक कन्क्लेभमा सहभागी हुन अहिले बिहान नयाँ दिल्ली जाँदै हुनुहुन्छ । वाणिज्य मन्त्री थापाले भारतीय समकक्षी निर्मला सितारमणसंँंग कन्क्लेभकै क्रममा र विदेशमन्त्री शुष्मा स्वराजसँंग छुट्टै भेट्ने कार्यक्रम रहेको बताउनुभयो ।
आज बिहान रेडियो अन्नपूर्णसँंग कुरा गर्र्दै मन्त्री थापाले नेपाल भारतबीचको लामो पारस्परिक सम्वन्धमा आँच आउन नदिन हाल जारी अघोषित नाकाबन्दी तत्काल हटाइ सामान ढुवानी खुला गर्न नेपाल सरकारका तर्फबाट आफूले विदेशमन्त्री स्वराज र वाणिज्यमन्त्री सितारमणसँंंग जोडदार रुपमा कुरा उठाउने बताउनुभयो ।
 
                 
                       
                       
                      