गुल्मीमा छुट्टा–छुट्टै घटनामापरि तीनको ज्यान गयो
 
              
            जनार्दन घिमिर
गुल्मी, १९ असोज । छुट्टा छुट्टै भएको घटनामापरि गुल्मी जिल्लामा मंगलवार तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा इश्मा दोहोली गाविस ४ निवासी ३८ वर्षीय केशव खड्का, जुनियाँ गाविस ८ निवासी ४४ वर्षीय सोमबहादुर खत्री र पाल्पा घर हुने अन्दाजी ६० वर्षीय एक वृद्ध रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रामप्रसाद पौलेलले जानकारी दिएका छन् ।मृतकहरु मध्य खड्काको घर नजिकैको भीरबाट लडेर ज्यान गएको हो भने । अन्य थप दुईजना जुनियाँ र तम्घासमा मृत अवस्थामा फेला परेका थिए । यसरी मृत अवस्थामा फेला परेका अन्दाजी ६० वर्षीय वृद्धाको भने अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
 
                 
                       
                       
                      