ओलीलाई भेट्न भारतीय राजदूत राय बाल्कोट पुगे
 
              
            
काठमाडौ,२५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीलाई भेट्न उहाँकै निवास बालकोटमा पुगेर भारतीय रणजीत रायले बधाइ तथा शुभकामना दिनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारत भ्रमणको निम्तो तथा बधाइ सन्देश लिएर बिहानै बालकोट पुगेका राजदुत रायलाई प्रधानमन्त्री ओलीले भारतले गरेको नाकाबन्दीको समस्या समाधान गर्नको लागि उचित भुमिका निर्वाह आग्रह गर्नुभएको ओली निकट श्रोतले जनाएको छ । स्रोतका अनुसार मन्त्रीपरिषद विस्तार लगत्तै मोदीसँग विशेष वार्ता गर्ने ओलीले जनाउनुभएको छ । 
 
                 
                       
                       
                      