ठेकेदारको मिलेमतोमा ढुँगा, बालुवा तस्करी
किशोर बुढाथोकी
विराटनगर, २ पुस । जिविसले ठेक्कामा लगाउन नसकेका खोलाबाट ढुँगा, गिट्टी रबालुवा तस्करी भइरहेको पाइएको छ । तस्करीमा जिविस र ठेकेदारकै मिलेमतो रहेकोस्थानीय बासिन्दाको आरोप छ । तस्करसंँंग जिविसका कर्मचारी र खोलानालाको ठेक्का लिंदै आएका भीम पौडेलको मिलेमतो रहेको आशंका प्रहरीको पनि छ । खोला आसपासमा रहेका क्रसर उद्योगका नाममा विल पेश गर्दै तस्करहरुले खोलाबाट धमाधम तस्करी गरिरहेका हुन् । तस्करी नियन्त्रणमा प्रहरीले समेत कडाई थालेको छ ।
‘ठेक्का नलागेका खोलाबाट तस्करी गरेर खोला जन्य पदार्थ ल्याएको आशंकामा शंकास्पदअवस्थाका ढुवानीका साधन नियन्त्रणमा लिन थालिएको छ,’ इलाका प्रहरी कार्यालय पथरीकाप्रहरी नायव निरीक्षक डिगबहादुर प्रसाईले भन्नु भयो, ‘स्थानीय बासिन्दालेपनि लामोसमयदेखि ठेक्का नलागेका खोलाबाट टिपर र ट्याक्टरको प्रयोग गरेर तस्करी भइरहेकोसूचना दिइरहेका छन् ।’ क्रसर उद्योगबाट ल्याएको देखाउन फर्जि विल बनाउँदै तस्करहरुले ढुँगा, बालुवा र गिट्टी काउने गरेको उहाँको भनाई छ । तस्करीमा संलग्नले मोरङको लेटाङ भोगटेनी ७ मा रहेको ओम श्री क्रसर उद्योग एण्ड सप्लायर्स, केरावारीमा रहेको कृष्ण क्रसिङ उद्योग र शिवम एग्रिगेट समेतका क्रसर उद्योगको कागजपत्र साथमा बोकेर खोलानालाबाट ढुँगा, गिट्टी र बालुवा उठाउने गरेको प्रहरीको दावी छ ।
 
                 
                       
                       
                      