तेलको मुल्य ११ वर्ष यताकै न्युन
 
              
            एजेन्सी
.jpg)
काठमाडौ,७ पौष । विश्ब बजारमा कच्चा तेलको मुल्य ११ वर्ष यताकै सबैभन्दा न्युन पुगेको छ । अहिले विश्ब बजारमा तेलको मुल्य प्रति ब्यारेल ३६ दशमलब ५ डलर पुगेको छ । यसअघि सन् २००४ मा कच्चा तेलको मुल्य ३६ दशमलब ५६ अमेरिकी डलर प्रतिब्यारेलमा कारोबार भएको थियो । पछिल्लो समय देशको आर्थिक अबस्था सुधार्न तेल उत्पादक राष्ट्रहरुले तेलको उत्पादन बढाएका कारण बिश्ब बजारमा तेलको मुल्य ओरालो लाग्ने क्रम तिब्र बनेको हो । यसअघि सन् २०१४ मा तेलको मुल्य १ सय १५ डलर प्रति ब्यारेल सम्म पुगेको थियो । 
 
                 
                       
                       
                      