बन्दुक बेच्ने ३ जना पक्राउ
 
              
            .jpg)
दमौली, ९ पौष । ५ थान भरुवा बन्दुक बोरामा लुकाएर बेच्न हिँड्दै गरेका ३ जनालाई दमौलीको आँबुखैरेनिबाट  प्रहरीले पक्राउ गरेको छ । आँबुखैरेनीका लेखबहादुर भुजेल, सारजन थापा र लालध्वज भुजेललाई बिहिबार प्रहरीले पक्राउ गरेको हो ।
अदुवाको बोरामा लुकाएर हिंडेका उनीहरुको गतिविधि शंकास्पद लागेकाले ईलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले खानतलासी गर्दा हतियार बरामद भएको तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहले बताउनुभयो । 
 
                 
                       
                       
                      