लोडसेडिङ बढ्यो
 
              
            .jpg)
काठमाडौं,१० पौष । नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक ११ घण्टा विद्युत कटौती गर्ने भएको छ । यसअघि दैनिक १० घण्टा लोडसेडिङ्ग हुने गरेकोमा प्राधिकरणले आजदेखि त्यसमा १ घण्टा थप गरेको हो । प्राधिकरणको नयाँ लोडसेडिङ तालिका अनुसार, अब प्राय सबै दिन बिहान र बेलुका खाना पकाउने समयमा विद्युत कटौती हुनेछ । सुख्खायाम लागेकाले नदीमा पानीको स्तर घटेर विद्युत उत्पादन कम भएको तथा ग्यासको अभावमा उपभोक्ताहरु खाना पकाउन विजुलीमा धेरै निर्भर भइ खपत ह्वात्तै बढेकाले लोडसेडिङ्ग बढाउँदै लैजानुपरेको प्राधिकरणको भार प्रेषण केन्द्रले जनाएको छ ।
 
                 
                       
                       
                      