Live Streaming

​ग्यास लिक हुँदा एकको मृत्यु


काठमाडौं,३ माघ । खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लायकुमा एक जनाको ज्यान गएको छ । हिँजो राति १० बजे ग्यास लिक भएर आगलागी हुँदा ८८ वर्षका कान्छा सिपाइको ज्यान गएको महानगरीय प्रहरी बृत्त ठिमिले जनाएको छ । घरको तेस्रो तल्लामा रहेको भान्छा कोठाको ग्यास लिक भइरहेको बेला सिपाइले ग्यास बालेकाले आगलागी भएको हो । त्यही आगोका कारण सिपाइको ज्यान गएको भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।