Live Streaming

खुकुरी प्रहारबाट मृत्यु, ३७ जना पक्राउ

तनहुँ, ३ माघ । गए राति व्यासनगरपालिका वडा नं २ स्थित मालपोत लाइनमा युवाबीच भएको झडपमा परी एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । उक्त घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ३७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । मृत्यु हुनेमा व्यासनगरपालिका २ निवासी दिनेश थापा रहेको जिप्रका तनहुँका प्रहरी नायब उपरीक्षक राकेश सिंहले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा साँझ ९ बजे दमौली अस्पतालमा मृत्यु भएको हो । उक्त घटनामा परी व्यासनगरपालिका १० निवासी १७ वर्षीय रेगन थापा र१६ वर्षीय अरुण आले घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रासस