Live Streaming

​अपहरणमा परेका किशोरको हत्या


सिराह,४ माघ । गत बिहीबार अपहरणमा परेका महोत्तरी जलेश्वर नगरपालिका–१२ का ११ वर्षीय बालक निश्चल पाण्डेको शव फेला परेको छ । पाण्डेको शव जलेश्वर नगरपालिका–१३ रातोखोलाको पश्चिम खैरबारीको खाल्डोमा गाडिएको अवस्थामा प्रहरीले आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भटराईले जानकारी दिनुभयो ।

पाण्डेलाई अज्ञात समूहले बिहीबार साँझ भिठामोड जनकपुर सडक खण्डको भिठामोड बसपार्कबाट अपहरण गरेका थिए । पाण्डे अलहेप्स इलिश बोर्डिङ स्कुल जलेश्वरमा कक्षा पाँचमा अध्ययनरत विद्यार्थी हुन् । शनिबारमात्रै उनका बुबा नविन पाण्डेले छोरालाई अपहरणमुक्त गराउन प्रहरी, नागरिक समाज र मानवअधिकारकर्मीसँग आग्रह गरेका थिए । यसैबीच बालक अपहरण गरी हत्या गरेको आशंकामा तीनजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।