Live Streaming

दुखाइ कम गर्ने औषधिको परिक्षण गर्दा एकको मृत्यु

एजेन्सी


काठमाडौं,४ माघ । औषधिको परिक्षणका क्रममा फ्रान्समा  एकजनाको मृत्यु भएको छ । बिरामीलाई दुखाई कम गर्ने नयाँ औषधिको परिक्षण गर्दा उनको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । योसँंंगै औषधि परिक्षणका क्रममा मृत्यु हुनेहरुको संख्या २ पुगेको छ । सो नयाँ औषधि ८४ बिरामीमा प्रयोग गरिएको थियो । प्रयोग गरिएकाहरु मध्ये ६ जना सिकिस्त बिरामी परेका छन् ।

अन्यमा भने त्यसको प्रभाव न्युन परेको अधिकारीहरुले जनाएका छन् । पोर्चुगलको एक कम्पनीले उत्पादन गरेको सो पेन किलर औषधि पहिलो पटक फ्रान्सको एक निजि अस्पातालमा परिक्षण गरिएको थियो । यद्यपी फ्रान्स सरकारले सो औषधिको प्रयोगमा प्रतिबन्ध लगाइसकेको  छ ।