Live Streaming

एक दुई दिनमै राजनीतिक सहमित हुन्छ: उपसभापति रामचन्द्र पौडेल


दाङ,४ माघ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एक दुई दिनमै देशमा राजनीतिक सहमति कायम हुने र मधेस आन्दोलनको समाधान हुने दाबी गर्नु भएको छ । नेपाल प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा पौडेलले भन्न्ुभयो,‘सहमतिका लागि हामीले प्रयास गरिरहेका छौँ, संशोधन प्रस्ताव सिमाङ्कनका विषयमा सहमति अन्तिम चरणमा छ’ ‘संशोधनका विषयमा अरुले सहमति नजनाएपछि कांग्रेसले त्यसलाई मिलाएर आफ्नै तरिकाले सहमति गर्छ र देशलाई निकास दिन्छ ।’

उहालेले कांग्रेसको सबै ध्यान अहिले महाधिवेशनमै गएका कारण सरकारका बारेमा केही नसोचेको बताउनुभयो । उपसभापति पौडेलले अबको पार्टी सभापतिमा आफूलाई कसैले रोक्न नसक्ने बताउनु्भयो । उहाले अघिल्लो पटक सुशील कोइरालाले इच्छा देखाएपछि आफूले सहयोग गरेको भन्दै यसपालि आफूले सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो ।