Live Streaming

​ पेट्रोल पम्पको पार्किङमा आगलागि, चारवटा माइक्रो जलेर नष्ट


काठमाडौं,५ माघ । काठमाडौंको जोरपाटीमा एक पेट्रोल पम्पको पार्किङमा आगलागी भएको छ । जोपाटीको बेसिगाउँमा रहेको  रहेको बि एन्ड जी पेट्रोल पम्पको पार्किङमा भएको आगलागीमा ४ वटा माइक्रो बस जलेर नष्ट भएका छन् । गएराती ११ बजे भएको आगलागीमा बा १ झ ६६११, बा १ झ ९५०४,बा १ झ ९२२९ र बा १ झ ९८६५ नम्बरका माइक्रोबस जलेर नष्ट भएका छन् । आगलागीमा परी अन्य ३ वटा माइक्रोबसमा आंशिक क्षति भएको छ ।  

प्रहरी, स्थानीय, दमकल र पानी बोक्ने ट्यांकरको सहयोगमा सो आगलागी राती पौने १२ बजे नियन्त्रणमा लिइएको थियो । आगलागिको कारण बारे अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जनाएको छ ।