Live Streaming

भोलीदेखि लटका आधारमा दुईपांग्रे सवारी साधनलाई पेट्रोल वितरण


काठमाडौं,५ माघ । नेपाल आयल निगमले भोलीदेखि लटका आधारमा दुईपांग्रे सवारी साधनलाई पेट्रोल वितरण गर्ने भएको छ । निगमले सूचना जारी गर्दै माघ ६ गते भोलीदेखि दुई पाँग्रे सवारी साधनलाई पेट्रोल वितरण गर्ने जानकारी दिएको हो । १ देखि ३० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई भोली राजधानीका ५७ वटा पम्पबाट पेट्रोल वितरण गरिनेछ ।

३१ देखि ५० लटसम्मका लागि शुक्रबार र ५० भन्दा माथि सबैलाई सोमबार पेट्रोल दिने निगमले जनाएको छ । निगमले ५७ वटा पम्पलाई आज नै पेट्रोल दिने र भोली बिहान नौ बजेदेखि सवारी साधनलाई वितरण गर्ने जनाएको छ । पेट्रोल लिन ब्लु बुक नविकरण गरेको हुनुपर्ने छ । ब्लु बुक नविकरण नभएका सवारी साधनलाई पेट्रोल नदिने निगमले जारी गरेको सूचनामा उल्लेख छ ।