Live Streaming

युट्युबमाथि लगाइएको प्रतिबन्ध पाकिस्तानले हटायो

एजेन्सी


काठमाडौं,५ माघ । तीन वर्ष अघि सामाजिक सञ्जाल युट्युबमाथि लगाइएको प्रतिबन्ध पाकिस्तान सरकारले हटाएको छ । युट्युबले ईस्लाम विरोधी भिडियोहरु आफ्नो नेटवर्कमा राखेको भन्दै पाकिस्तान सरकारले देशभर सो सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो । युट्युवको संचालक गुगलले पाकिस्तानमा छुट्टै सरभरको युट्युब सञ्चाल गरेपछि पाकिस्तान सरकारले सो प्रतिबन्ध हटाएको हो ।

सरकारको सो निर्णयको पाकिस्तानी जनताले स्वागत गरेका छन् । तर अधिकारबादी केहि संस्थाहरुले गुगलसँंंग भएको नयाँ सम्झौताको विवरण आफुहरुलाई उपलब्ध गराउन माग गरेका छन् ।