भाडा घटाउन नेविसंघको माग
 
              
            
काठमाडौं,६ माघ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले इन्धनको मुल्य घटेसँगै सवारी साधनको भाडादर घटाउन माग गरेको छ । नेविसंघ प्रवक्ता युपी लामिछानेले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेपनि सवारी साधनको भाडादर नघटेको भन्दै तत्काल भाडा घटाउन र विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत दिन सरकारसँग माग गर्नुभएको छ ।
तत्काल भाडादर नघटाए नेविसंघ कडा आन्दोलनमा उत्रिने चेतावनी समेत सरकारलाई दिएको छ । सरकारको निर्णय नकुरेर इमान्दारीका साथ भाडा घटाउन यातायात व्यवसायीलाई आग्रह पनि गरेको छ । यस्तै भण्डारण गरेको पेट्रोलियम पदार्थको सहजरुपमा वितरण नगरी कालोबजारीलाई नेपाल आयल निगमले प्रश्रय दिएको भन्दै आयल निगमका डिपोहरुमा थुपारेर राखिएको तेल तत्काल बजारमा वितरण गरेर जनजीवन सहज बनाउन समेत नेविसंघले आग्रह गरेको छ ।
निगमले सोमबारबाट लागू हुने गरी पेट्रोलमा पाँच तथा डिजेल र मट्टितेल प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य घटाएको थियो ।
 
                 
                       
                       
                      