Live Streaming

ओबामालाई चुनौती

एजेन्सी


काठमाडौं,६ माघ । अमेरिकी राष्ट्रपति बराक ओबामाको आप्रवासी सुधारसम्बन्धि योजनालाई चुनौती दिंदै पेश गरिएको प्रस्तावलाई अमेरिकी उच्च अदालतले विचार गर्ने भएको छ । राष्ट्रपति ओबामाले पेश गरेको प्रस्तावलाई चुनौती दिंदै टेक्सास राज्यको नेतृत्वमा २६ राज्यले उच्च अदालतमा बिचाराधिन प्रस्ताव पेश गरेका थिए ।

ओबामाको सो प्रस्तावको पक्षमा नतिजा आए अमेरिकामा बस्दै आएका ५० लाख भन्दा बढि गैरकानुनी आप्रबासीले अमेरिका छोड्न बाध्य बन्नेछन् । सो प्रस्ताबको बिरोधमा रहेका राज्यहरुले ओमाबाले कुनै गृहकार्य नै नगरि सो प्रस्ताव उच्च उदालतमा पेश गरेको भन्दै सो प्रस्तावमा विचार गर्न चुनौती दिएका हुन् ।