Live Streaming

राजमार्गका भित्तामा डब्बुको 'राहदानी'

काठमाडौं,७ माघ । चलचित्र राहदानिले राजमार्गमा भित्तेलेखन अभियान सकेको छ । बनेपा बर्दिबास १६० किलोमिटर सडकको बिभिन्न स्थानमा यात्रुलाइ जानकारी गराउने उदेश्यले चलचित्रको नाम , रिलिज मिति भित्ता भित्तामा लेखिएको छ । काठमाण्डौ बनेपा बर्दिबास , हेटौडा , नारायणघाट काठमाण्डौ रुटमा भित्तेलेखन कार्य सकिएको निर्देशक क्षेत्रीले जानकारी गराएका छन् ।

यस्तै अभियान यस अघि चलचित्र नागबेलीले पनि गरेको थियो तर उसले हरेक घुम्ती घुम्तिमा लेखेको थियो । त्यो बेला यस्तो भित्तेलेखनको प्रभावकारीता जिरो देखिएको थियो । डब्बु क्षेत्रिको निर्देशनमा तयार चलचित्र राहदानिमा बैदेशिक रोजगारीको समस्यालाइ उजागर गरीएको छ । चलचित्रमा दयाहाङ राइ , रुपा खनाल , असोक रिजाल , नबिन लम्साल , बिनिता घिमिरे , सिर्जना सुव्वा लगायतका कलाकारको अभिनय रहेको छ ।