Live Streaming

मौसममा शुक्रबारदेखि सुधार आउने


काठमाडौं,७ माघ । मंगलबारदेखि बदलिएको मौसमी अवस्थामा भोलीदेखि सुधार आउने भएको छ । न्यून चापीय रेखाको विकाससँगै पश्चिमी वायुको प्रभावले नेपालको पश्चिमी भू–भाग हुँदै सबैतिर फैलिएका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।

 मौसमी अवस्था पश्चिमी भेगबाट क्रमशः सफा हुँदै मध्यतिर जाने र भोलिदेखि सफा हुने मौसमविद्हरुले बताएका छन् । अस्ति रातीदेखि मौसम बदली हुँदा हिमाली तथा उच्च पहाडी क्षेत्रहरुमा हिमपात समेत भएको छ भने चिसो अत्यधिक बढेको छ ।