Live Streaming

​आतंकबादी आक्रमणमा ७ जना कर्मचारीको मृत्यु

एजेन्सी

काठमाडौं,७ माघ । आफगानिस्तानको राजधानी काबुलमा एक लोकप्रिय टेलिभिजन च्यानलको बसलाई लक्षीत गरी भएको आतंकबादी आक्रमणमा ७ जना कर्मचारीको मृत्यु भएको छ । आफगानिस्तानको २४ घण्टा प्रशारण हुने टोलो नामक न्युज च्यानलको टेलिभिजनको बसलाई निशाना बनाएर गरिएको आक्रमणमा परी बस आसपास रहेकाअन्य २० जना मानिस घाइते भएका छन् ।

 आक्रमणको जिम्मा लिइसकेको तालिवान बिद्रोहीले गत सेप्टेम्बरमा आफूविरुद्ध प्रशारण गरिएको समाचारको बदलामा आक्रमण गरेको जनाएको बिबिसीले उल्लेख गरेको छ । तालिबानले यसअघि नै आक्रणको चेतावनी दिइसकेको थियो । चेतावनीपछि टेलिभिजनले सुरक्षा व्यवस्था भने कडा बनाएको थियो । राष्ट्रपति असरफ गनीले एक ट्विट मार्फत सो आक्रमणको कडा निन्दा गर्नुभएको छ । उहाँले आक्रमणलाई कायरतापूर्ण बर्बर आाक्रमण भएको बताउनुभएको छ ।