Live Streaming

सत्ता गठबन्धनमा देखिएका समस्यालाई सामान्य रुपमा लिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा देखिएका समस्यालाई सामान्य रुपमा लिन आग्रह गर्नुभएको छ । उहाँले एउटै पार्टीमा समेत समस्याहरू हुने भन्दै धेरै वटा दल मिलेर बनेको गठबन्धनमा समस्याहरू आउनु स्वभाविक रहेको बताउनु भयो । 

आज काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसको कार्यालय परिसरमा बनाइएको पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय कोइरालाले छोडेको राजनीतिक संस्कार अहिले पनि उत्तिकै व्यवहारिक रहेको बताउनु भयो । 

देउवाअघि कार्यक्रमलाई सम्बोधन गर्नुभएका उपसभापति धनराज गुरुङले सत्ता गठबन्धनमा समस्या देखिन थालेको भन्दै प्रश्न गर्नुभएको थियो । जवाफमा देउवाले धेरै दल आवद्ध गठबन्धनमा समस्या हुनु सामान्य भएको बताउनु भएको हो । प्रधानमन्त्री देउवाले कोइरालाले विराटनगरदेखि राष्ट्रिय राजनीतिसम्म पु¥याएको योगदानको चर्चा समेत गर्नुभयो ।