Live Streaming

वैशाखयता बाढी, पहिरो र चट्याङ्गका कारण ६२ जनाको मृत्यु


 

गएको वैशाख एक गतेदेखि हिजोसम्म बाढी पहिरो र चट्याङ्गका कारण ६२ जनाको मृत्यू भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत ८० दिनमा बाढी पहिरोमा मात्रै २१ जनाको मृत्यू भएको हो । वैशाखयता पहिरोमा १४ जना, भेल तथा बाढीमा ७ जनाले मृत्यू भएको हो । त्यस्तै २० जना घाइते भएका छन् । 

वैशाखयता बाढी÷पहिरोमा भन्दा चट्याङ्गबाट मृत्यू हुनेको सङ्ख्या दोब्बरले धेरै छ । यो वर्ष असार २० गतेसम्म चट्याङ्गमा परेर ४१ जनाले मृत्यू भएको प्राधिकरणको तथ्याङ्क छ । बाढी÷पहिरो तथा ठूलो वर्षाका कारण १ सय ३२ वटा घटना भएका छन् । 

त्यस्तै देशका विभिन्न ठाउँमा गरी १ सय ७ वटा चट्याङ्गका घटना भएका छन् । यो वर्ष बाढी÷पहिरो, भेल वर्षा, चट्याङ्ग, सर्पदंश, आगलागी, हावाहुरी, जनावरको आक्रमणबाट १ सय ७ जनाले ज्यान गुमाएका छन् । यी घटनामा २ सय २२ जना घाइते भएका छन् । अहिलेसम्म ६५ करोड ५७ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।