Live Streaming

नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को निर्णय

सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । प्रतिनिधिसभामा विचाराधीन विधेयक फिर्ता लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक दर्ता गरेको थियो । विधेयकमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले झन्डै २ वर्ष दफावार छलफल गरी प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो । 

प्रतिवेदन प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा सरकारले विधेयक नै फिर्ता लिने निर्णय लिएको हो । सत्तारुढ गठबन्धनमा रहेका सबै राजनीतिक दलहरूबीच सहमति भएपछि नागरिकता विधेयक फिर्ता लिने निर्णय भएको जनाइएको छ । सरकारले विधेयक बुधबार भोलि बस्ने प्रतिनिधिसभा बैठकबाट फिर्ता लिने तयारी गरेको छ ।