Live Streaming

विपदबाट नेपालमा यसवर्ष २० लाख मानिस प्रभावित हुने अनुमान, छैन पूर्वतयारी

यसवर्ष औसतभन्दा बढि बर्षा हुने भएकाले नेपालमा विपद्बाट २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । हरेक वर्ष विपद्जन्य घटनाको उच्च जोखिममा रहेको नेपालमा पूर्वतयारीमा सरोकारबाला नियायहरुले खासै ध्यान नदिदा मानवीय क्षतिसम्मकै घटना दोहोरिइरहन्छन् । 

हरेक वर्ष प्राकृतिक प्रकोपबाट प्रभावित हुनेहरुको अनुमानित तथ्यांक सार्वजनिक गरिएपनि विपद्का बेलामा मात्रै पूर्वतायरीको वहश हुने भएकाले समस्या समाधानतर्फ कसैको पनि ध्यान छैन ।

नेपालमा सबैभन्दा बढि नदीजन्य विपद्का घटना धेरै हुने जिल्लामा पर्ने काभ्रे र सिन्धुपाल्चोक जस्ता जिल्लामा समेत यसबर्षको सम्भावित विपद् तयारीबारे खासै चाँसो छैन । तीनै तहका सरकारले विपद् पूर्वतयारीका लागि योजना बनाएपनि कार्यान्वयन कस्तो छ भन्ने कुराले निर्धारण गर्ने विपद् विज्ञहरु बताउँछन्  । 

मुलुकमा पूर्वतयारी, आवश्यक स्रोतसाधन र जनशक्ति तथा समन्वयको अभावले विपद्जन्य घटनाबाट मुलुकले ठूलो क्षति बेहोर्दै आएको छ । प्रभावमा आधारित विपद् व्यवस्थापन कार्य हुन सकिरहेको छैन । यसैबीच विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले मनसुनजन्य घटनाहरुबाट सर्तकता अपनाउने बेला आएको बताउनुभएको छ ।

रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै भट्टराईले स्थानीहरुले पनि आफु बसेको क्षेत्रमा प्रकोपको जोखिमलाई पहिचान गरि संवेदनशिलताको बारेमा प्रहरीलाई जानकारि गराउन र सुरक्षित रहने प्रयास गर्न आग्रह गर्नुभयो । 

यसबर्ष विपद्जन्य घटनामा राहत र उद्दारलाई प्रभावकारी बनाउन थप व्यवस्था गरिएको उहाँको भनाइ छ । यस्तै प्राकृतिक प्रकोपबाट अति संवेदनशील क्षेत्रको पहिचान गरि न्यूनिकरण र प्रभावित जनसंख्या घटाउनका लागि प्राधिकरण प्रयासरत भएको समेत उहाँको भनाइ छ । प्रस्तुत छ भट्टराईसँग गरिएको संक्षिप्त कुराकानी...