Live Streaming

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिकता विधेयक सम्बन्धि अर्को विधेयक दर्ता गराउने तयारी

प्रतिनिधिसभा बैठक आज बस्दै, नागरिकता विधेयक सम्बन्धि अर्को विधेयक दर्ता गराउने तयारी काँग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप काठमाडौं। सरकारले हाल प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निणर्य गरेसंगै अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ ।

आजकै प्रतिनिधिसभाको बैठकमा नागरिकता सम्बन्धी अर्को विधेयक दर्ता गराउने तयारी गरेको छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्दैछ । सत्तारुढ नेपाली काँग्रेसले आजको बैठकमा सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेको छ । विधेयक फिर्ताको प्रस्ताव बहुमतले पारित गर्नु पर्ने भएकाले ह्वीप जारी गरिएको नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले रेडियो अन्नपूणर्लाई जानकारि दिनुभयो । प्रतिनिधिसभा चुनावको मिति घोषणा हुने बेला सरकारले विधेयक फिर्ता लिन लागेको हो ।

नयाँ विधेयकमा वैवाहिक अंगकृतस्म्बन्धी प्रावधान थाती राखि जन्मसिद्धका सन्तानका लाग नागरिकताको बाटो खुलाउने तयारी भएको छ । सरकारले नयाँ विधेयक ल्याए पनि दफावार छलफलका लागि समितिमा पठाउनुपर्ने हुन सक्छ । समितिमा सहमति जुटेन भने फेरि पारित गर्न ढिलाइ हुन सक्ने सम्भावना रहने छ ।

प्रतिनिधिसभाको यो कार्यकालमा पनि विधेयक पारित नभए जन्मसिद्ध नागरिकता भएका बुवाआमाका सन्तानले नागरिकता पाउन प्रतिनिधिसभाको अर्को कार्यकाल कुर्नुपर्ने हुन्छ । संसदमा भएको विधेयकलाई नियमित प्रक्रियामा लाँदा प्रतिनिधिसभाको यस कार्यकालभित्रै टुंगोमा पुग्न नसक्ने देखिएकाले फास्ट ट्र्याकबाट अघि बढ्न फिर्ताको निणर्य लिनुपरेको सांसद कँडेलले बताउनुभयो ।

यद्यपी संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने नागरिकता सम्बन्धि विधेयकको प्रस्ताव सम्बन्धि कुनैपनि कार्यसूची राखिएको छ । बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने चलन छ । सोहि बैठकले कार्यसूचीमा आवश्यक हेरफेर गर्नसक्ने नेता कँडेलले बताउनुभयो । सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको तेश्रो बार्षिक प्रतिवेदन २०७८ पेश गर्ने सहित बिभिन्न ९ वटा प्रस्ताव पेश गर्ने उल्लेख छ ।