Live Streaming

हिजो स्थगीत माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । यसअघि हिजोका लदागि तय गरिएको बैठक शिर्ष नेताहरु संसदमा उपस्थित हुनुपर्ने भएपछि आजका लागि सारिएको हो । यसअघि पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्य चयनका लागि गृहकार्य गर्न भन्दै मंगलबारका लागि तय गरिएको बैठक हिजो सारिएको थियो । 

बिहान ११ बजे सुरु हुने आजको बैठकमा अध्यक्ष प्रचण्डले छलफलका लागि प्रस्तुत गर्नुभएको राजनितिक प्रतिवेदनमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसुची रहेको छ । यस्तै पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोको नामावली प्रस्ताव गर्ने तयारी समेत भएको जनाइएको छ । 

यसअघि मंगलबार नै बैठक समापन गर्ने तयारी भएपनि अधिकांश सदस्यले यही केन्द्रिय कमिटी बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने दबाब दिएपछि बैठक रोकेर शिर्ष नेताहरु नामावली टुंग्याउन तर्फ लागेका हुन् । पदाधिकारी चयनका लागि पूर्वस्थायी समितिको बैठक हिजो पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको थियो । 

मङ्गलबारको बैठकले पदाधिकारी, स्थायी र पोलिब्युरो सदस्यको अन्तिम नामावली प्रस्ताव गर्न अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिइसकेको छ । पार्टी अध्यक्ष प्रचण्डले हिजो पनि बैठक स्थगित गरेर छलफल गर्नुभएको थियो । तीन दिनका लागि भनेर तय गरिएको माओवादी केन्द्रको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक असार १९ गते कमलादीस्थित प्रज्ञा भनवमा सुरु भएको थियो ।