Live Streaming

त्रिविले सोध्यो दुई उपप्राध्यापकलाई स्पष्टीकरण

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखा कीर्तिपुरले दुई जना उपप्राध्यापकमाथि दोहोर्याएर स्पष्टीकरण सोधेको छ । 

शिक्षा शास्त्र केन्द्रीय विभाग उपप्राध्यापकहरू हिमाकुमारी रावल र सरस्वती दवाडीलाई त्रिविले सुरूमा वैशाख २५ मा १५ दिने स्पष्टीकरण सोधेको थियो । 

उक्त स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै उनीहरूमाथि फेरि स्पष्टीकरण सोधेको छ । कार्यकारी परिषदको  असार १२ को निर्णयअनुसार ३५ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । 

उनीहरू जानकारीविना लगातार ९० दिनभन्दा बढी त्रिविमा अनुपस्थित रहेका थिए । स्पष्टीकरण चित्तबुझ्दो नआएमा भविष्यमा विश्वविद्यालय सेवाका लागि अयोग्य नठहरिने गरी उनीहरूलाई हटाउने त्रिविको तयारी छ ।