Live Streaming

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई राजिनामा दिन ठूलो दबाब 

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई राजिनामा दिन ठूलो दबाब परेको छ । सरकारका प्रभावशाली केही मन्त्रीसहित झन्डै तीन दर्जन मन्त्री र सल्लाहकारहरूले राजीनामा दिएपछि प्रधानमन्त्री जोन्सन दबाबमा पर्नुभएको हो । 

जोन्सनका मन्त्रीमण्डलका शक्तिशालीमध्ये एक अर्थमन्त्री ऋषि सुनाक र स्वास्थ्यमन्त्री साजिद जाभेदले राजीनामा गरेको २४ घण्टा बित्न नपाउँदै जोन्सनको साथ छोड्ने मन्त्री र सल्लाहकारको संख्या तीन तीन दर्जन पुगेको बीबीसीले जनाएको छ । 

हालसम्म ३४ जना मन्त्री र सल्लाहकारले राजीनामा गरिसकेका छन् । यौन दुव्र्यवहारको आरोपितलाई महत्वपूर्ण पदमा नियुक्त गरेको विषयमा प्रधानमन्त्री बोरिस जोन्सनमाथि नैतिक प्रश्न उठाउँदै मन्त्रीहरूले राजीनामा दिएका हुन् । 

दर्जनौं मन्त्रीको राजीनामापछि प्रधानमन्त्री जोन्सनलाई पनि पद छाड्न दबाब परेको छ । तीव्र दबाबका बीच पनि प्रधानमन्त्री जोन्सनले भने तत्कालै राजीनामा नदिने बताउँदै आउनु भएको छ ।