Live Streaming

माओवादीले स्थानीय चुनावमा भएको अन्तर्घातको छानबिन गर्ने

माओवादीले स्थानीय चुनावमा भएको अन्तर्घातको छानबिन गर्ने

नेकपा माओवादी केन्द्रले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ । पार्टीको आजको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राख्नुभएको हो । 

यो समितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही गर्ने उहाँले जानकारि दिनुभयो । यस्त,ै पार्टीले विशेष महाधिवेशन पनि गर्ने भएको छ । अध्यक्ष प्रचण्डले छिट्टै नै विशेष महाधिवेशन मिति तोकिने पनि जानकारि दिनुभयो । 

सो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने अध्यक्ष प्रचण्डको भनाइ छ । 

यस्तै प्रचण्डले आफ्नो पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई एक हप्ताभित्र आफ्नो मन्त्रालयको प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको छ । धेरै नकारात्मक कुराहरू मात्रै बढी प्रचार भएकाले अब आफ्नो पार्टीका मन्त्रीहरूले हासिल गरेका उपलब्धिलाई जनतामा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रचण्डले माओवादीले सम्हालेका अर्थ र ऊर्जा मन्त्रालयले धेरै राम्रा कामहरु गरेको पनि दावी गर्नुभयो ।