Live Streaming

एसपीपीको राष्ट्रघात ओझेल पार्न बजेटको मुद्दा उठाइयो : जनार्दन शर्मा

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले स्टेट पार्टनरसीप प्रोग्राममा गरेको राष्ट्रघात ओझेल पार्नका लागि बजेटको विषय उठान गरेको दाबी गर्नुभएको छ । 

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज शर्माले विशेष समय मागेर आफ्ना धारणा राख्दै यस्तो दावी गर्नुभएको हो । 

शर्माले संसदीय छानबिन समिति बनेको अवस्थामा प्रतिपक्षी दलका सांसदले यस्ता विषय उठाउनु गलत भएको बताउनुभयो । 

उहाँले संसद्मा नेताहरूले त्यसबारे नबोलेकोमा आपत्ति जनाउनुभयो । उहाँले रेकर्डबाट एमाले सांसद योगेश भट्टराईले बोलेका कुरा हटाउन भूमिका नखेल्नु गलत भएको बताउनुभयो ।