Live Streaming

रेडियो अन्नपूर्णद्वारा आयोजित “भानु कविता महोत्सव“ आजदेखि सुरु

रेडियो अन्नपूर्ण नेपालद्वारा आयोजित “भानु कविता महोत्सव“ आजदेखि सुरु हुँदैछ । आषाढ २९ गतेसम्म चल्ने महोत्सवमा यसअघि प्रतिस्पर्धाका लागि प्राप्त भएका कविताहरू मध्येबाट न्युनतम मापदण्ड भित्र पर्ने कविताहरूलाई सर्जकहरूकै आवाजमा रेडियोमा वाचन गरिने स्टेशन म्यानेजर शिरोमणि दवाडीले जानकारी दिनुभयो ।

भानु जयन्तीका दिन अन्तिम प्रतिस्पर्धा हुने र सो दिन सर्वोत्कृष्ट कवि घोषणा गरि सर्वोत्कृष्टलाई एक लाख नगद पुरस्कार र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । 

गत वर्षदेखि संचालन गरिएको यस महोत्सवमा छानिएका उत्कृष्ट कविताहरूलाई पुस्तकका रुपमा संग्रह गरी प्रकाशन समेत गरिनेछ । गत वर्ष कोभिड महामारी विषय तोकिएकोमा यस वर्ष भने जलवायु परिवर्तन र यसका असर तथा पर्यावरण र प्रकृति वषिय तोकिएको छ । 

भानु कविता महोत्सवको प्रत्यक्ष प्रशारण काठमाडौमा रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्ज र देशभरका अन्य साझेदार एफ एमहरूमा बेलुकी र बिहान ७ः३० देखि ८ः०० बजेसम्म प्रशारण हुनेछ ।