Live Streaming

निर्वाचन दुई चरणमा गर्न प्रहरीको सुझाव 

नेपाल प्रहरीले संघ र प्रदेशको निर्वाचन दुई चरणमा गर्न सरकारलाई सुझाव दिएको छ । केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रहरीले दुई चरणमा निर्वाचन गर्दा सुरक्षा व्यवस्था बलियो र शान्तिपूर्ण हुने ठहर गरेको छ । 

स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा छिटपुट बाहेक कुनै अप्रिय घटना नभएपनि अबका निर्वाचनमा भने सुरक्षाको खतरा हुन सक्ने सुरक्षा निकायको आंकलन छ । सुरक्षा चुनौती आए एकै पटक पर्याप्त जनशक्ति व्यवस्थापन गर्न नसकिने भन्दै सुरक्षा अधिकारीहरूले दुई चरणमा निर्वाचन गर्नुपर्ने सुझाव दिएका हुन् । 

निर्वाचन आयोगले आगामी मंसिर २ गते आम निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ गते एकै चरणमा निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको हो । यसअघि २०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा भएको थियो ।