Live Streaming

अन्नपूर्ण दिनभर : प्रतिगमनको खतरा अझै टरी नसकेको सत्ता गठबन्धनको ठहर


सत्ता गठबन्धनका शीर्ष नेताका कुरा

काठमाडाैँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा र आर्थिक समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्नु भएको छ । उहाँले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुई–दुई पटकसम्म संसद् भंग गरेर संविधान मिच्ने काम गरेको र आवधिक निर्वाचनको चक्रलाई समेत मिच्न खोजेको उल्लेख गर्नुभयो ।

सत्ता गठबन्धनले ललितपुरमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ओलीले रातारात संसद् विघटन गरेको स्मरण गर्नुभयो । प्रधानमन्त्री देउवाले अहिले सत्ता गठबन्धन राम्रोसँग चलिरहेको र चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री ओलीले दुई वर्षअघि नै संसद् विघटन गरेर संविधान र लोकतन्त्रलाई माँस्ने प्रयास गरेको बताउनुभयो । संविधानको रक्षा गर्दै देश विकास गर्नु विकल्प नभएको भन्दै उहाँले गठबन्धनका उम्मेदवार भोट हालेर जिताउन आग्रह गर्नुभयो । 

यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गतेको निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दाबी गर्नु भएको छ । ललितपुरमा आयोजित गठबन्धनको चुनावी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनको सरकारले मंसिर ४ पछि देशलाई विकास र समृद्धितर्फ लैजाने दाबी गर्नु भएको हो ।

यस्तै, अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान बनेपनि नेताको प्रतिगामी सोच अझै परिवर्तन नभएको बताउनुभयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै ओलीको प्रवृत्ति अझै नफेरिएको टिप्पणी गर्नु भएको हो ।

प्रचण्डले प्राप्त उपलब्धी रक्षाकै लागि १२ बुँदे सम्झौताका पक्षधर एकै ठाउँ उभिएको बताउनुभयो । उहाँले १२ बुँदे सम्झौतामा कांग्रेसका तर्फबाट गिरिजाप्रसाद कोइरालाले र एमालेबाट माधव नेपाल र माओवादीबाट आफैँले हस्ताक्षर गरेको भन्दै त्यही शक्ति अहिले एक ठाउँमा भएको बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेतृत्व गरेको गठबन्धन अपवित्र भएको टिप्पणी गर्नुभयो । अध्यक्ष नेपालले सत्ता गठबन्धनबारे विपक्षीले भ्रम फैलाउने कोसिस गरिरहेको दाबी गर्नुभयो । उहाँले ओलीले संविधान माँस्ने कदम गरेपछि गणतन्त्र र संविधान जोगाउन अहिलेको सत्ता गठबन्धन बनेको स्मरण गर्नुभयो । 

भोट माग्दै सत्ता गठबन्धनको संयुक्त अपिल, लोसपा र जनमोर्चाले हस्ताक्षर गरेनन्

काठमाडाैँ । सत्ता गठबन्धनका तीन शीर्ष नेताले संयुक्तरुपमा अपिल जारी गर्दै मत मागेका छन् । आज नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संयुक्त पत्र सार्वजनिक गर्दै भोट मागेका हुन् ।

संयुक्त पत्रमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने उल्लेख छ । उहाँहरुले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको कदम स्वेच्छाचारी भएको उल्लेख गर्नु भएको छ ।

२०७८ असारमा निर्माण भएको पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधिसभाको असंवैधानिक विघटनलगायत तात्कालीन सरकार प्रमुखको अनेकौ स्वेच्छाचारी कदमहरुलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको अपीलमा भनिएको छ।  

विदेश नीतिमा पनि गठबन्धन सरकारले सन्तुलन कायम गरेको दाबी गरिएको छ। पछिल्लो समय नेपालमा अमेरिका र चीनको टसलका कारण सरकारमाथि विदेश नीतिमा कमजोर बन्दै गएको आरोप लाग्दै आएको छ। देउवा, प्रचण्ड र नेपालले हस्ताक्षर गरेको प्रतिबद्धता पत्रमा गठबन्धन आवद्ध लोकतान्त्रिक समाजवादी पार्टी लोसप र राष्ट्रिय जनमोर्चाले भने हस्ताक्षर गरेका छैनन् । जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएर एमालेसँग सहकार्य गर्न पुगेपछि लोसपा गठबन्धनमा सहभागी भएको थियो । 

नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले भने संयुक्त अपीलहरुमा गठबन्धनले समृद्धि र विकासको दुरगामी दृष्टिकोण पनि समेटिएको दावी गर्नुभएको छ । रेडियो अन्नपूण्र्ढा नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै विडारीले नेकपा एमालेसहित राजावादी दलहरुका कारण नेपालमा अँझै पनि प्रातिगमनको खतरा रहेको बताउनभयो । बिडारीले ती प्रतिगमनकारीहरुको नेतृत्व पनि नेकपा एमालेले गरिरहेको आरोप लगाउनुभएको छ ।

चुनावकेन्द्रित एजेण्डामा बहस गर्न देउवालाई ओलीको चुनौती

काठमाडाैँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावकेन्द्रित बहसमा आउन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनौती दिनुभएको छ ।

ओलीले सामजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री देउवालाई ‘लाइभ डिबेट’ को चुनौती दिनुभएको हो । ओलीले यसका लागि आफू तयार रहेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत धेरैले एजेण्डा आधारित बहसका लागि सुझाव दिएको भन्दै ओलीले देउवालाई तयार हो÷होइन भनी सोध्नुभएको छ । 

उम्मेदवारी निष्क्रिय गर्न बागीलाई माओवादी केन्द्रले दियो थप समय

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले पार्टी र सत्ता गठबन्धनका आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय गर्न थप समय प्रदान गरेको छ । माओवादीले आज विज्ञप्तिमार्फत यसअघि असोज ३१ सम्म दिइएको समयसीमा थप गरेर कात्तिक ४ गतेसम्मको समय दिइएको जानकारी दिएको हो ।

माओवादीले बागी उम्मेदवारी दिएका उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई यसअघि नै  निष्कासन गरिसकेको छ । माओवादीको निर्णयअनुसार अब बागीले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेमा कारबाही फिर्ता हुने मौका प्रदान गरिएको छ । उक्त समयभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गराई गठबन्धनका आधिकारिक उम्मेदवारलाई सहयोग गर्न मुख्यसचिव श्रीराम ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।    

प्रचण्डलाई भेट्न राप्रपा नेपालका ‘पाँच भाइ पदाधिकारी’ खुमलटारमा

काठमाडाैँ । राप्रपा नेपालका ५ पदाधिकारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । केहीअघि मात्रै राप्रपाबाट राप्रपा नेपालमा प्रवेश गरेका उपाध्यक्ष श्याम तिमल्सिना र सहमहामन्त्री दमन बस्नेतसहितका पदाधिकारी अध्यक्ष प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुगेका थिए ।

भेटमा राप्रपा नेपालका नेताहरुले प्रचण्ड राष्ट्रिय नेता भएको उल्लेख गर्दै आगामी चुनावमा जितका लागि शुभकामना दिएका थिए । यस्तै उनीहरुले प्रचण्ड, माओवादी र सत्ता गठबन्धनको पक्षमा सकारात्मक प्रतिक्रिया दिएका थिए । 

प्रचण्डले राप्रपाका नेताहरुसँगको भेटमा गोरखाको गरिमा उचो राख्नका लागि आफू त्यहाँबाट चुनाव लड्न लागेको जानकारी दिनुभएको थियो । उहाँले राप्रपा नेपालसँग केही एजेण्डाहरु नमिलेपनि राष्ट्र विकास गर्नुपर्छ, राष्ट्र दीगो हुनुपर्छ भन्नेमा दुबै पार्टीको भावना मिल्ने बताउनुभयो ।

प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्न आग्रह गर्दै परिवर्तनको बाहक शक्तिलाई जिताउन आग्रह समेत गरेको सोही भेटमा सहभागी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले बताउनुभयो।   

कर्णाली र सुदूरपश्चिमको मतपत्र छपाइ सकियो

काठमाडाैँ । निर्वाचन आयोगले कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेको छ । आयोगले आसन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको जनाएको छ ।

यी प्रदेशबाट प्रतिनिधिसभामा ३८ र प्रदेशसभामा ८० निर्वाचन क्षेत्र छन् । आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता भई अन्तिम नामावली सार्वजनिक गरेलगत्तै प्राथमिकतामा राखेर कर्णाली र सुदूरपश्चिमको मतपत्र छाप्न सुरु गरेको थियो । अन्य प्रदेशको मतपत्र छपाइ क्रमशः भइरहेको छ । आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा दैनिक करिब २५ लाख मतपत्र छपाइ गरिरहेको छ । 

हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत कुल ८९ लाख ९९ हजार मतपत्र छपाइ भइसकेको छ । सोमध्ये प्रदेशसभातर्फ ४७ लाख १५ हजार र प्रतिनिधिसभातर्फ ४३ लाख ४८ हजार मतपत्र रहेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र यसअघि नै छपाइ भई वितरण सुरु भइसकेको छ ।

हालसम्म वाग्मती प्रदेश, मधेस प्रदेश र प्रदेश १ का सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको छ । बाँकी प्रदेशहरूमा यही कात्तिक ३ गतेदेखि मतपत्र ढुवानी सुरु हुने छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन ३३ दिन मात्रै बाँकी रहँदा निर्वाचन आयोगले तयारीलाई तीव्र बनाएको छ । 

एक दिनमै थपिए १७ सय १४ डेंगुका बिरामी, एकजनाको मृत्यु

काठमाडाैँ । डेंगु संक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४९  पुगेको छ । आज एकै दिन १ हजार ७१४ जना डेंगुका बिरामी थपिएका छन् ।

सोमबारसम्म डेंगुबाट मृत्यु हुनेको संख्या ४८ जना थियो भने कुल बिरामी ४० हजार २९ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख थियो । गत साउनदेखि हालसम्म ४१ हजार ७ सय ४३ जना डेंगुका बिरामी भएको मन्त्रालयले जनाएको छ । ७ वटै प्रदेशका ७७ वटै जिल्ला डेंगु फैलिएको मन्त्रालयले जनाएको छ ।
 
तीन महिनामा सरकारको आम्दानी २ खर्ब ३२ अर्ब, खर्च भने २ खर्ब ७८ अर्ब रुपैयाँ

काठमाडाैँ । सरकारले चालु आर्थिक वर्षको तीन महिनामा दुई खर्ब ३२ अर्ब रुपैयाँ आम्दानी र दुई खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको छ । तीन महिनामा जम्मा पाँच प्रतिशत विकास खर्च भएको छ ।चालु आर्थिक वर्ष २०७९÷८० का लागि सरकारले तीन खर्ब ८० अर्ब ३ करोड रुपैयाँ पुँजीगत बजेट अर्थात् विकास बजेट विनियोजन गरेकोमा साउन, भदौ र असोजमा जम्मा १९ अर्ब ६८ करोड ११ लाख रुपैयाँमात्रै खर्च गरेको छ ।

यो वर्ष साउनभित्रै कार्यविधि बनाउने, नियमावली संशोधन गर्नेलगायतका कानुनी प्रक्रिया पूरा गरेर समयमै बजेट खर्च गर्ने दाबी गरे पनि पुरानै प्रवृत्ति दोहोरिएको छ ।तर चालु खर्च भने लक्ष्यअनुसार नै भइरहेको छ । ११ खर्ब ८३ अर्ब रुपैयाँको चालु बजेटमध्ये तीन महिनामा दुई खर्ब २३ अर्ब रुपैयाँ खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब रुपैयाँ विनियोजन भएकोमा तीन महिनामा ३४ अर्ब ७३ करोड २५ लाख रुपैयाँ खर्च भएको छ । समग्रमा तीन महिनामा दुई खर्ब ७८ अर्ब १६ करोड अर्थात् १५ दशमलव ९१ प्रतिशत बजेट खर्च भएको छ ।यस्तै सरकारले यो वर्ष १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व असुल गर्ने लक्ष्य राखेकोमा तीन महिनामा दुई खर्ब आठ अर्ब ५८ करोड रुपैयाँ उठाएको छ । यो कुल लक्ष्यको १४ दशमलव ८७ प्रतिशत हो । 

असुल भएकोमध्ये कर राजस्वबाट एक खर्ब ८९ अर्ब ३८ करोड र गैर–कर राजस्वबाट १९ अर्ब २० करोड रुपैयाँ सङ्कलन गरेको छ । यस्तै ५५ अर्ब ४५ करोड रुपैयाँको अनुदानको लक्ष्य लिइएकोमा तीन महिनामा ७९ करोड रुपैयाँ प्राप्त भएको छ । यो अवधिमा अन्य आम्दानीबाट २२ अर्ब ७४ करोड रुपैयाँ आम्दानी भएको छ । 

कर्णालीका हवाई उडानमा अनलाइन टिकटको व्यवस्था गरिने

काठमाडाैँ । वायुसेवा सञ्चालक संघ नेपालले कर्णाली प्रदेशका विमानस्थलमा अलपत्र परेका नागरिकहरुलाई उद्धार एवं यात्रा सहजताका लागि हवाई उडान थप गर्ने बताएको छ ।

आज  कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीसँग भएको छलफलमा वायुसेवा सञ्चालक संघ नेपालले वायुसेवा कम्पनीहरुसँग भएका हवाई उडान थप गरेर अलपत्र नागरिकहरुलाई नजिकको विमानस्थलमा उद्धार गर्ने प्रतिबद्धता जनाएको हो । 

छलफलमा बोल्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कर्णाली प्रदेशमा वर्षाको कारण सडक मार्ग अवरुद्ध हुँदा हवाई उडानमा देखिएको विद्यमान समस्या समाधान गर्न निजी वायुसेवा सञ्चालकहरुसँग भएका जहाजको उडान थप गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

उहाँले विमानस्थलहरुमा अलपत्र परेका यात्रुहरुलाई कर्णाली प्रदेशमा हुम्मा, जुम्ला र डोल्पाबाट उद्धार गरेर नजिकैको विमानस्थलमा उद्धार गर्ने तयारी गरेको बताउनु भयो । उहाँले कर्णालीमा हवाई उडानको लागि भइरहेको अनियमितता रोक्न अनलाइन टिकटको व्यवस्था गर्ने सहमति भएको पनि बताउनु भयो । 

फास्ट ट्रयाकका ‘विवादित’ आयोजना प्रमुखको सरुवा

काठमाडाैँ । तराई मधेस द्रुतमार्ग आयोजना ९फास्ट ट्रयाक० प्रमुख सहायक रथी विकास पोखरेललाई सरुवा गरिएको छ । ठेक्का प्रक्रियामा विवादित बन्दै आएका पोखरेलको ठाउँमा स्थपति निर्देशनालयमा कार्यरत सहायक रथी कमल बिक्रम शाहलाई ल्याइएको हो ।

पोखरेललाई भने स्थपति निर्देशनालयमा सरुवा गरिएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले बताउनुभयो । पोखरेल आयोजना प्रमुख हुँदा गरिएका ठेक्का विवादित बन्दै आएको थियो । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको निर्देशनअनुसार रक्षा मन्त्रालयमार्फत् गठित छानबिन समितिको प्रतिवेदनले फास्ट ट्रयाकको ४ र ५ नम्बर प्याकेजको ठेक्का कानुनबमोजिम नभएको उल्लेख गरेको थियो ।

सो प्याकेजको सम्झौता सार्वजनिक खरिद ऐनको दफा २७ ९३० बमोजिम नभएको प्रतिवेदनबाट पुष्टि भइसकेको भन्दै समितिले कानुनविपरीत ठेक्का गराउने आयोजनाका सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएको थियो । 

स्रोतका अनुसार हरेक ठेक्कामा पोखरेल विवादित बन्न थालेपछि उहाँको सरुवा गरिएको हो । फास्ट ट्रयाकमै सुरुङमार्गको ठेक्का लिएर काम गरिरहेको चिनियाँ कम्पनीलाई नै प्याकेज नम्बर ६ मा पनि ठेक्का दिने उद्देश्यसहित वित्तीय प्रस्ताव मूल्यांकनमा सहभागी गराइएपछि चाइना फस्ट हाइवेले सार्वजनिक खरिद पुनरावलोकन समितिमा आयोजनाविरुद्ध मुद्दा हालेको थियो ।

समितिले चाइना फस्ट हाइवे कम्पनीलाई पनि प्राविधिक मूल्यांकनमा सहभागी गराउन निर्देशन दिएसँगै पोखरेलको सरुवा गरिएको छ।
 

आर्थिक खबर
राष्ट्रिय वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाए

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंकहरुले आजदेखि लागू हुने गरी कर्जाको ब्याजदर बढाएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर पुरानै कायम राख्दै कर्जाको मात्रै ब्याजदर बढाएका हुन् । विभिन्न वाणिज्य बैंकहरुले आज प्रकाशित गरेको सूचना अनुसार अब पुराना ऋणीहरुले पनि १८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ ।

बैंकहरुले निक्षेपको आधार दर बढेको भन्दै कर्जाको ब्याजदर बढाएका हुन् । अहिले वाणिज्य बैंकहरुको निक्षेपमा औसत आधारदर ९।९२ प्रतिशत रहेको छ । यो भन्दा कम आधारदर हुने बैंकहरुमा एभरेष्ट, स्टयान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, प्रभु बैंक र नबिल बैंक रहेका छन् ।

बाँकी बैंकहरुको आधारदर औसत भन्दामाथि रहेको छ । सबै भन्दा बढी सिभिल बैंकको आधार दर ११।१५ प्रतिशत रहेको छ । बैंकहरुले कर्जा प्रवाह गर्दा आधार दरमा पाँचदेखि ७ प्रतिशतसम्म प्रिमियम लिने गर्दछन् । 

विदेशका खबर
केदारनाथमा हेलिकप्टर दुर्घटनाग्रस्त, ७ को मृत्यु

काठमाडाैँ । भारतको उत्तराखंडस्थित केदारनाथमा आज निजी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा ६ तीर्थयात्रीसहित सातजनाको मृत्यु भएको छ । घटनाको छानबिन गर्न आदेश दिइएको छ ।

राज्यका प्रहरी महानिर्देशक डीजीपी अशोक कुमारले आज मध्यान्ह गरुडचट्टीमा भएको दुर्घटनामा परी पाइलट अनिल सिंहको पनि मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा परेकाहरू रुद्रप्रयाग जिल्लामा रहेको केदारनाथ मन्दिरको दर्शन गरेर फर्कंदै गरेका तिर्थयात्री रहेको जनाइएको छ । 

दुर्घटनाको कारण तत्काल पत्ता नलागेको तर कुहिरोका कारण भिजिबिलिटी कम भएका कारण कुनै वस्तुसँग ठोक्किएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । दुर्घटनाको जानकारी पाएलगत्तै दैवीप्रकोप उद्धार बल, प्रहरी र जिल्ला प्रशासनको टोली पनि उद्धारका लागि घटनास्थल पुगेका थिए ।

दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचानको प्रयास भइरहेको जनाइएके छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको विस्तृत अनुसन्धान गर्न निर्देशन दिनुभएको छ । 

टिकटक लाइभमा उमेर हद

काठमाडाैँ । टिकटकले आफ्नो प्लाटफर्ममा लाइभस्ट्रिम गर्ने प्रयोगकर्ताको उमेर हद तोकेको छ । साथै, लाइभ कार्यक्रमलाई ‘एडल्ट–ओल्नी’ अर्थात् १८ वर्षभन्दा माथिका प्रयोगकर्ताले मात्रै हेर्न मिल्ने बनाउन यसमा नयाँ फिचर समावेश गरिने टिकटकले घोषणा गरेको छ ।

हाल टिकटकमा लाइभस्ट्रिम होस्ट गर्न १६ वर्षको हुनुपर्ने नियम छ । मंसिर ७ देखि भने लाइभ गर्न १८ वर्षको हुनुपर्ने भनिएको छ । टिकटक समुदायमा बालबालिका र किशोरकिशोरीलाई सुरक्षित राख्न यस्तो परिवर्तन ल्याउन लागेको कम्पनीले जनाएको छ ।

लाइभस्ट्रिम फिचरमा एडल्ट ओल्नी विकल्प राखिए पनि यसको अर्थ टिकटकमा नग्नता, पोर्नोग्राफी वा अश्लील सामग्रीलाई खुला गरिएको होइन ।

वयस्कहरूका लागि बनाइएका कन्टेन्ट नाबालिगहरूसम्म नपुगुन् भनेर उमेर हदको फिचर ल्याउन लागेको टिकटकले जनाएको छ । लाइभ आउने किशोरकिशोरीलाई भ्युअर्सले धम्की दिने, दुर्व्यवहार गर्नेजस्ता घटना समेत हुने गरेका छन् । 

खेल खबर
नवौं राष्ट्रिय : महिला क्रिकेटमा डेब्युमै पुलिसलाई स्वर्ण


काठमाडाैँ । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक नेपाल पुलिस क्लबले जितेको छ । पोखरा क्रिकेट मैदानमा आज भएको फाइनलमा एपीएफ क्लबलाई ५ रनले हराउँदै पुलिस क्लबले स्वर्ण जितेको हो । पुलिसले डेब्यु प्रतियोगितामै एतिहासिक स्वर्ण पदक जितेको हो ।

पुलिसले पहिलो पटक राष्ट्रिय टोलीका कप्तान रुबिना क्षेत्रीको कप्तानीमा महिला क्रिकेट बनाएको थियो । पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन बनायो । त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो । प्रतियोगितामा एपीएफ रजत र बागमती प्रदेशले कास्य पदक जितेको छ । 

३ राष्ट्रिय कीर्तिमानसहित तारादेवीले जितिन् भारोत्तोलनमा स्वर्ण

काठमाडाैँ । तीन राष्ट्रिय कीर्तिमानसहित तारादेवी पुनले  नवौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा स्वर्ण पदक जितेकी छन् । पोखरा उद्योग वाणिज्य संघको हलमा जारी प्रतियोगिताको तेस्रो दिन महिला ८१ केजी तौल समूहमा ताराले स्न्याच, क्लिन एण्ड जर्क र कुलमा तीन वटा राष्ट्रिय कीर्तिमान बनाइन् । उनले स्न्याचमा ७० केजी र क्लिन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार वहन गरिन् ।

 यो स्पर्धामा यसअघि लक्ष्मी बमको नाममा राष्ट्रिय कीर्तिमान थियो । उनले १३औं दक्षिण एसियाली खेलकुद सागमा लक्ष्मीले स्न्याचमा ६९, क्लिन एण्ड जर्कमा ८७ गरी कुल १५६ केजी भार वहन गरी राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् ।

महिला ८१ केजी तौल समूहमा एपीएफकी अञ्जली श्रेष्ठले स्न्याचमा ५३ र क्लिन एण्ड जर्कमा ६९ गरी कुल १२१ केजी भार वहन गरी रजत जितिन् । सुदूरपश्चिमकी चम्पाकुमारी ठकुल्ला ले कांस्य जितिन् । उनले स्न्याचमा ४० र क्लिन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार वहन गरिन् । 

भारोत्तोलनमा जूनमायालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

काठमाडाैँ । नेपाल प्रहरीकी जुनमाया छन्त्यालले भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय रेकर्ड कायम गरेकी छन् । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा उद्योग वाणिज्य संघको हलमा आज महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा रेकर्ड कायम गरेकी हुन् ।

जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भङ्ग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जितिन् । 

यस्तै, एपीएफकि सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत जितिन् । कास्य जितेकी नेपाल प्रहरीकी सरस्वती पुरीले कुल ११५ केजी भार बहन गरिन् । उनल स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाएकी हुन् ।

यसैगरी, मंगलबार नै सम्पन्न महिला ६४ केजीतर्फ नेपाल आर्मीले स्वर्ण जित्यो । आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै आर्मीलाई चौथो स्वर्ण दिलाएकी हुन् । 

नवौं राष्ट्रिय खेलकुदः लगातार तीन खेलाडी घाइते भएपछि पुरुष भलिबल अवरुद्ध

काठमाडाैँ । नवौं राष्ट्रिाय खेलकुद अन्तर्गत जारी पुरुष भलिबलमा लुम्बिनी प्रदेश र नेपाल एपीएफ क्लबबीचको खेलमा लगातार तीन खेलाडी घाइतेभएपछि खेल अवरुद्ध भएको छ ।

पोखरा रंगाशालास्थित भलिबल कोर्टमा जारी खेलको तेस्रो सेटमा एपीएफका रुपिन्द्र गैरे र टेकराज अवस्थी घाइते भए । त्यस्तै, लुम्बिनीका बिजय परियार घाइते भएका हुन् ।