Live Streaming

हिमालय कलेजको रजत जयन्ती सम्पन्न

काठमाडौँ । काठमाडौंको कोटेश्वरमा अवस्थित हिमालय कलेजले स्थापनाको २५औँ वार्षिकोत्सव एवम् रजत जयन्ती कार्यक्रम राष्ट्रिय नाँचघर जमलमा सम्पन्न गरेको छ । रजत जयन्तीको अवसरमा कक्षा ११ का विद्यार्थीहरुलाइ भव्य स्वागत गर्दै कक्षा १२ का विद्यार्थीहरुको बिदाई गरिएको हो ।

कार्यक्रममा कलेजका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई विशेष सम्मान एवम् पुरस्कार वितरण गरएको थियो । साथै, कलेजमा लामो समयदेखि उत्कृष्ट भुमिका निर्वाह गरी कलेजको शैक्षिक एवम् प्राक्षिक उन्नयनमा उल्लेख योगदान पुर्याउने शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो ।

रजत जयन्ती समारोहको अध्यक्षता हिमालय कलेजका प्राचार्य रामहरि सिलवालले गर्नुभएको थियो भने, प्रमुख आतिथिका रूपमा प्रतिनिधि सभा सदस्य, काठमाडौं क्षेत्र-२ सांसद शोभिता गौतमले गर्नुभएको थियो । कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा विषेश अतिथि संस्कार संस्कृति संयोजक पुष्पराज पुरुष, प्रदेश सभासद माननीय सुनील के.सी. को उपस्थिती रहेको थियो ।

कार्यक्रम स्वागत मन्तव्य संस्थाका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र बहादुर अधिकारीले गर्नुभएको थियो भने वित्त निर्देशकभुवन चक्र जोशीले संचालन कार्यक्रम गर्नुभएको थियो । कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।