Live Streaming

आध्यात्मिक पत्रकार समाजको विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम

काठमाडौँ । आध्यात्मिक पत्रकार समाज (आपस)ले शनिबार विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौँ स्थित दक्षिण एशियाली ज्योतिष महासंघ अन्तरर्राष्ट्रिय समितिको कार्यालयमा सम्पन्न कार्यक्रममा बक्ताहरूले विश्वब्यापी बढ्दै गएको आध्यात्मिक चिन्तनले समाजमा नैतिकता र अनुशासन कायम राख्न सक्ने हुँदा यसमा आपसको भूमिका महत्त्वपूर्ण हुन सक्ने कुरामा जोड दिए 

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ काठमाडौँका पुर्व अध्यक्ष तथा नेपाल पत्रकार मन्चका अध्यक्ष युवराज विद्रोहीले आध्यात्मिक पत्रकारिताले पत्रकारिता क्षेत्रमा देखिएको विकृतिलाई हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए ।

कार्यक्रममा विकास पत्रकार मन्चका अध्यक्ष गोपीकृष्ण ढुंगाना, नयाँविमर्श पत्रिकाका कौशलकुमार भट्टराई, दक्षिण एशियाली ज्योतिष महासंघ अन्तरर्राष्ट्रिय समितिका अध्यक्ष डा.सहदेव विष्ट, पत्रकार कृष्ण मुरारी पुडासैनी तथा सिआइएनका प्रमुख दिपक आचार्यले धर्म, संस्कृति, संस्कार र नैतिकताको रक्षाका लागि समाजमा सूसुचित गर्न आध्यात्मिक पत्रकारिताको अवश्यकता बढ्दै गएकोमा आपस जस्ता संस्थाले जिम्मेवार भएर बढ्नुपर्ने सुझाब दिए ।

आपसका अध्यक्ष शिरोमणि दवाडीले मन र बिचारको शुद्धीकरण नभइ असल र कुशल पत्रकारिता हुन नसक्ने हुँदा आध्यात्मिक विकासको आवश्यकता अपरिहार्य देखेकाले आपसको स्थापना गरिएको बताए ।

कार्यक्रममा आपसका महासचिव लक्ष्मण पन्थी,सचीव सुरेश प्रसाद शर्मा तथा कोषाध्यक्ष मनिता पोख्रेलले आपसका कार्ययोजना तथा गतिविधिका बारे जानकारी गराएका थिए ।सोही अवसरमा कार्यसमिति पदाधिकारीहरूलाई पदको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।